शुक्रबार, ७ वैशाख २०८१

गुणस्तरिय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्वजनिक

समयपोष्ट २०७५ फागुन ४ गते १६:१९

डिश मिडिया नेटवर्क लिमिटडले “डिशहोम उज्वल भविष्य” योजना सार्वजनिक गरेको छ । विपन्न परिवारका जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यले डिशहोमले यो योजना सार्वजनिक गरेको हो ।

Advertisement

डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ । डिशहोमले जिल्लाको गुलरिया स्थित त्रिशक्ति आधारभूत विद्यालय र राजापुर नगरपालिकामा रहेको दशरथ चन्द उच्च माध्यामिक विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको हो ।

‘कम्पनीले सुरू गरेको “डिशहोम उज्वल भविष्य” कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरिय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कम्पनीले राखेको डिस मिडिया नेटवर्कका महा प्रवन्धक कल्याण अधिकारीले बताए ।

डिसहोमले स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ ।

डिशहोम नेपालको एक मात्र आधिकारिक डि टि एच सेवा हो । डिशहोमको सेवा संचालनमा आएपछि नेपालमा भारतिय पे र फ्रि डिशहरु विस्तारै विस्थापित हुँदै गइरहेका छन् । भारतिय पे र फ्रि डिशहरुमा नेपाली च्यानल नआउने गुणस्तर कमसल हुने र मर्मत सेवा झंझटिलो हुने गरेकाले डिशहोम डि टि एच नै ग्राहकहरुमा लोकप्रिय भएको पाइन्छ ।

नेपाली, हिन्दी तथा विदेशी च्यानलहरु प्रशारण हुने डिशहोमको जडान मुल्य रु २९९९ र मासिक रु २५० देखिका मासिक प्याकेजहरु उपलव्ध छन् । डिशहोमको सेट टप वक्सहरुमा १ वर्षको वारेण्टि रहेको छ ।

नेपाल सरकार, संचार तथा सुचना प्रविधि मन्त्रालयले अगाडि सारेको डिजिटलाईजेशन नितिलाई सफल बनाउन अग्रणी भुमिका खेलेको डिशहोमले नेपालको सबैभन्दा होचो स्थान केचना देखि हिमालका अग्ला स्थानसम्म रहेका घरघरमा टेलिभिजन सिग्नल पुर्याइरहेको छ । ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पु¥याई रहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री