
अहिले सामाजिक सञ्जालमा माथिको तस्विर निकै लोकप्रिय बनेको छ ।
यो तस्विर बलिउडका चर्चित अभिनेता रजनीकान्तकी छोरी सौन्दर्याको मेहेन्दी कार्यक्रम हो । तस्विरमा छोरा वेद कृष्णले आमाको हातको मेहेन्दी हेर्दै गरेको देखिन्छन् ।

सौन्दर्याले आज फार्मास्युटिकल कम्पनीका मालिक विशनगन वनानगामुडीसँग दोस्रो विवाह गर्दैछिन् ।

विशनगनको पनि यो दोस्रो विवाहनै हो । उनको यसअघि एक म्यागजिनकी सम्पादक कनिका कुमारनसँग विवाह भएको थियो ।

यसअघि सौन्दर्याको विवाह उद्योगपती अश्विन रामकुमारसँग भएको थियो ।

उनको सात वर्षको विवाह सन् २०१७ मा टुटेको थियो ।

एजेन्सी








प्रतिक्रिया