मंगलबार, ११ कार्तिक २०८२

युनाइटेड इन्स्योरेन्सले २ सय ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

समयपोष्ट २०७५ माघ २३ गते १२:०४

Advertisement

युनाइटेड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले दश बराबर २४ कित्ता (२४०प्रतिशत) हकप्रद सेयर जारी गर्ने भएको हो ।

इन्स्योरेन्सको माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समय अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हकप्रद सेयर जारी गर्नुपरेको जनाएको छ ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको प्रस्तावित २४० प्रतिशत हकप्रद सेयर (७२ करोड ५७ लाख ६० हजार रुपैयाँ) पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद सेयर जारी गरि पूँजीवृद्धि योजना बीमा समितिबाट स्वीकृत भई इन्स्योरेन्सको विशेष साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री