टेलिकमले असारसम्म टेलिफोनको बक्यौता बुझाए जरिवाना रकम मिनाहा गर्ने
नेपाल टेलिकमले टेलिफोनको तिर्न बाँकी रकम आगामी असारसम्म बुझाए सम्पूर्ण जरिवाना रकम मिनाहा गर्ने भएको छ । टेलिकमले आफ्नो १५ औ बार्षिकोत्सवको अवसरमा २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका ग्राहकले २०७६ असार मसान्तसम्म बक्यौता रकम बुझाए सम्पूर्ण जरिवाना छुट हुने जानकारी दिएको हो ।
१५ वर्ष अघि स्थापना भएको टेलिकमको ग्राहक आधार ४ लाख २२ हजार रहेकोमा अहिले मुलुकभर ७ वटै जिल्लामा तारसहित र ताररहितका सेवाहरु र डाटा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधार २ करोड १० लाख नाघिसकेको छ । भ्वाइस सेवामा कम्पनीको ग्राहक आधार १३.५१ प्रतिशतले बृद्धि भएको छ ।
मंसिरसम्ममा टेलिघनत्व ७२.५० प्रतिशत पुगिसकेको छ । डाटा सेवा तर्फको ग्राहक आधार मंसिर मसान्तसमम्म १ करोड २० लाख ४ हजार र डाटा घनत्व ४१.२५ प्रतिशत पुगेको छ । पछिल्लो पाँच महिनामा मोबाइल डाटाको खपतमा ६० प्रतिशतले बृद्धि भएको छ ।
प्रतिक्रिया