हाँडीगाउँ र पेप्सिकोलामा लक्ष्मी बैंकको नयाँ शाखा
लक्ष्मी बैंकले काठमाडौंको दुई स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले हाँडीगाउँ र पेप्सिकोलामा दुई शाखा विस्तार गरेको हो ।
बैंकले यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यससंगै बैंकको संजाल ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
यी शाखाहरुका साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायत का वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथाग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
प्रतिक्रिया