शुक्रबार, ७ वैशाख २०८१

हुवावेको ‘पी टेन’ तथा ‘पीटेन प्लस’बजारमा

समयपोष्ट २०७३ फागुन १६ गते ७:०२

चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेले  ‘पी टेन’ तथा ‘पीटेन प्लस’ बजारमा भित्राएको छ । कम्पनीले आईतबार वल्र्ड मोबाइल कँग्रेसमार्फत ‘पी टेन’ तथा ‘पीटेन प्लस’ सात विभिन्न कर्लरमा सार्वजनिक गरेको हो । कम्पनीको ‘पी टेन’ मोडलको फोनमा ५.१ इन्च स्क्रिन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेजसहित तीन हजार दुई सय एमएएच ब्याट्री क्षमता रहेको छ । त्यस्तै ‘पी टेन’ प्लस मोडलको फोनमा ५.५ इन्च स्क्रिन, ६ जीबी र्याम, १ सय २८ जीबी स्टोरेजसहित ३ हजार ७ सय ५० एमएएच ब्याट्री क्षमता रहेको छ । दुबै फोनमा ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा सहित २० मेगापिक्सेल मोनोक्रोम सेन्सर स्पोर्टिङ तथा १२ जीबी मेगापिक्सेल आरजीबी स्पोर्टिङ डुअल क्यामेरा रहेका छन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री