बिहीबार, ६ वैशाख २०८१

तीन दशकमा नेपाल इन्भेष्टमेण्ट बैंकको व्यवसायिक फड्को

समयपोष्ट २०७३ फागुन १६ गते ३:२४

सन् १९८६ मा स्थापना भएको नेपाल इन्भेष्टमेण्ट बैंकले तीन दशकमा फड्को मारेको छ । बैंकले तीन दशकको अवधीमा व्यवसायिक उत्कृष्टता र ग्राहकको सन्टुष्टीलाई उच्च स्तरमा कायम राख्न सफल भएको छ । 
बैंकले हालै फाइनान्सियल टाइम्स लण्डनबाट पाँचौं पटक “बैंक अफ द इयर“को अन्तर्राष्ट्रिय पुरस्कार पाएको थियो । बैंक नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगावै आठ अर्वको चुक्ता पूँजी पुराउने निजी क्षेत्रको पहिलो बाणिज्य बैक बन्न पनि सफल भएको छ । 
बैंकले हाल आफ्ना ४७ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा एटिएम मेसिन र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदैं आएको छ ।
गत आ.व.२०७२/७३ मा बैंकले रू. ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको बैंकको खुद नाफा रु २ अर्व ५५ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा यो क्रमश ३२.६ र ३० प्रतिशतले बृद्धि हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले रु १ अर्व  ५८ करोड खुद नाफा गर्न सफल भएको छ ।
दोस्रो त्रैमासमा बैंकको चुक्ता पूँजी रू. ८ अर्ब ७१ करोड स्पैयाँ रहेको छ भने सेयरधनी कोष रु १८ अर्ब रुपैयाँभन्दा बढी छ । यससँगै निजी बैंकहरू मध्ये सर्वाधिक पूँजी भएको बैक बनेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सिमित पारेको छ ।
बैंकले सन् २०१०र११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइसिआरए नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि। बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री