शुक्रबार, १६ चैत २०८०

मनिषा भन्छिन् : क्यान्सर भएपछि अरुको सेवामा समर्पित हुनुपर्छ भन्ने बुझे

समयपोष्ट २०७३ फागुन १५ गते ६:०७

"जब मैले आफुलार्ई क्यान्सर भएको थाहा पाए, कमाएको चर्चा ,धन सम्पत्ती फिल्मी दुनियाँका सारा चमक दमक सबै फिक्का लाग्न थाल्यो" । कुनै समय बलिउडमा निकै चर्चा कमाएकी अभिनेत्री मनिषा कोईरालाको भनाई हो यो । भारतको जयपुर स्थित टेडएक्स-टेक्नोलजी, एंटरटेनमेंट डिजाइन कार्यक्रममा बोल्दै अभिनेत्री कोईरालाले यस्तो बताएकी हुन् । केही बर्ष अघि ओवेरिय क्यान्सरबाट पिडित मनिषाले क्यान्सर रोगसंग लड्दै गर्दाका विभिन्न घट्नाहरु सो कार्यक्रममा सम्झिएकी थिईन् । भारतका विभिन्न कुनाबाट एघार बक्ता सहभागी सो कार्यक्रममा मनिषाले भनिन्,"हामीले जिन्दगीमा जतिनै योजना किन नबनाउ,हामीलाई जिन्दगीले कुन मोडमा कस्तो सरप्राईज दिन्छ थाहानै हुँदैन" । "जब मलाई क्यान्सर छ भन्ने पत्ता लाग्यो ,मैले फिल्मी क्षेत्रमा देखेका भोगेका चमक दमक निक्कै फिक्का लाग्न थाल्यो" उनले भनिन्," मैले धेरै कुरा सिके र आफुलाई ख्याल गर्न थाले" । 
कार्यक्रममा बोल्दै अभिनेत्री कोईरालाले भनिन् ,"जब म कर्नवेल अस्पतालमा भर्ना भएकी थिए एक प्याथोलोजिष्ट हरेक शनिवार मलाई साथ दिन आउँथिन् ,मैले एक दिन उनलाई प्रश्न गरे न तिमी मेरो साथी हो न त मेरो फ्याननै तिमी किन यति धेरै समय निकालेर मलाई साथ दिन आउँछ्र्यौ" उनको जवाफ थियो ,"यसकारण कि तिमी पनि अरु कसैको लागि मैले जस्तै गर्नसकौ"कोईरालाले भनिन्," जवाफ सुने पछि मैले पनि अरुको सेवामा आफुलाई समर्पित गर्ने निणर्य गरे" । 
कार्यक्रममा मनिषाले जिन्दगीले चुनौतीको पासा फ्याक्दा त्यसको शिकार बन्ने कि त्यसलाई आफ्नो बसमा पार्ने त्यो हामी भित्रै निहित हुँने हुँदा जिन्दगीसंग हार मान्न नहुँने बताईन् । उनी हाल विभिन्न सामाजिक अभियानमा संलग्न छिन् । उनलाई सन् २०१२ मा ओवेरियन क्यान्सर भएको पुष्टि भएको थियो । अमेरिका पुगि अपरेसन गरेपछि सन् २०१३ मा उनी क्यान्सरबाट मुक्त भएकी छिन्  । 

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री