शुक्रबार, १४ वैशाख २०८१

माछापुच्छ्रे बैंकले हकप्रदमा नबिकेको सेयर लिलामीमा राख्दै

समयपोष्ट २०७३ फागुन १३ गते ९:०३

माछापुच्छ्रे बैंकले हकप्रदमा नबिकेको सेयर फागुन २७ गतेदेखि लिलामीमा राख्ने भएको छ। बैंकले हकप्रदमा नबिकेको ५० प्रतिशत अर्थात पौने ४ लाख कित्ता सेयर लिलामीमा राख्ने भएको हो । बैंकले ३ लाख २ हजार २ सय ६ कित्ता साधारण र ४८ हजार ६ सय २३ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलबाट लगानीकर्ताले आवेदन फारम लिन सक्नेछन् । आवेदकले सो फारम क्यापिटलमा नै बुझाउनु पर्नेछ ।

Advertisement

न्यूनतम १ सय रुपैयाँदेखि बढाबढमा लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकले संस्थापक र साधारण गरी ३ लाख ७१ हजार ८ सय २९ कित्ता सेयरका लागि चैत ३ गतेसम्म बोलकबोलको आवेदन लिनेछ । सेयर लिालामीको बोलकबोल चैत चार गते बिहान ११ बजे सिभिल क्यापिटलमा खोलिने बताएको छ । बैंकले गत मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री