बिहीबार, १३ वैशाख २०८१

प्रगती चहानुहुन्छ ? घर तथा अफिसमा शिवरात्रीको दिन यि कुराहरुमा ध्यान पुर्याउनुहोस्

समयपोष्ट २०७३ फागुन ११ गते ७:३९

शिवरात्री पर्व नजिकिदै छ । यस दिन भगवान शिवको पुजा आराधना गर्नाले धेरै लाभ मिल्न सक्ने धार्मिक ग्रनथहरुमा उल्लेख गरिएको छ । यस दिन केही चिजहरुमा ध्यान दिने हो भने घर तथा ब्यापार ब्यवसायमा सफलता मिल्न सक्छ । यि पाँच कुरामा शिवरात्रीको दिन ध्यान पुर्याउँदा शुभ हुन्छ ।

Advertisement

शिवरात्रीको दिन घरको ढोका द्मयाल खुल्ला राख्नुहोस् । घरको मुल ढोकाको उत्तर दिशामा रातो अविरले स्वस्तिक चिन्ह् बनाई सोही आसपास शुभ लाभ लेख्नुहोस् ।

महाशिवरात्रीको दिन पानीमा नुन मिसाउनुहोस् र घरको हरेक कुना कुनामा छर्किदिनुहोस् । यसले नकारात्मक उर्जालाई सोस्छ र घरमा सकारात्मक र शुभ प्रभावलाई बढाउँछ । 

शिवरात्रीको दिन घरमा भगवान शिवको मुर्तिको स्थापना गर्नुहोस । मुर्ती मन्दिरको उत्तर दिशामा भगवान गणेशको मुर्ति सहित स्थापना गर्नुहोस् ।  

कालो कपडा लगाएर कुनै पनि शुभ कार्य गर्नुहुँदैन । यसकारण शिव रात्रीको दिन कालो कपडा लगाएर पुजा गर्नबाट बच्नुहोस । 

भगवान सफा सुग्घर घरमा बास गर्ने गर्दछन् । गरीबी ,अशान्ति जस्ता चिजबाट बच्नु छ भने शिवरात्रीको दिन घरलाई सफा सुग्घर राख्नुहोस् । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री