शनिबार, ८ वैशाख २०८१

चौध देशमा राजदूत सिफारिस, स्पेनमा नेपाली दुताबास खोलिने

समयपोष्ट २०७३ फागुन ९ गते ११:३९

सरकारले विभिन्न १४ देशका लागि राजदूतको सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको दोस्रो बैठकले राजदूतको सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले युएइका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसाल, श्रीलङ्काका लागि विश्वेम्भर प्याकुरेल, यमानका लागि शर्मिला पराजुली, कोरियाका लागि अर्जुन जंगबहादुर, इजरायलका लागि निरञ्जन थापालाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बैठकले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गरेको छ । नयाँ स्थापना हुने दुताबासमा पूर्व सहायक रथी भरत रायमाझीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री