शनिबार, १५ वैशाख २०८१

टेलिकमले बोनस वितरण गर्ने

समयपोष्ट २०७३ फागुन ८ गते ५:५५

नेपाल टेलिकमले  झन्डै पौने आठ अर्ब रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । टेलिकमले  गत आर्थिक बर्षको नाफाबाट प्रतिशेयर ५१ रुपैयाँको दरले नगद लाभांश वितरण गर्न लागेको हो । १५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले गत आर्थिक बर्षमा ११ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । त्यसबाटै कम्पनीले सात अर्ब ६५ करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको हो । यस मध्ये झन्डै सात अर्ब रुपैयाँ भने सरकारी ढुकुटीमा जानेछ । आगामी ३० फागुनको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।  

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री