बिहीबार, १३ वैशाख २०८१

नेपाल बंगलादेश बैंकको नयाँ लोगो सार्वजनिक, नयाँ लोगोमा रातो र हरियो रंगको प्रयोग

समयपोष्ट २०७३ फागुन ८ गते ३:३५

नेपाल बंगलादेश बैंक लिमिटेडले नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रंगलाई हार्दिकता, परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको तथा हरियो रंगलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको जनाएको छ । 

Advertisement

 नयाँ लागो सार्वजनिक गर्दै बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले अहिलेको वर्तमान विषम परिस्थितिमा पनि नेपाल बंगलादेश बैक एक उत्कृट, विश्वसनीय, सक्षम र सृजनशिल बैैंक हो र भविष्यमा पनि आफ्ना ग्राहकवर्ग तथा समग्र समाजमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल हुने प्रतिवद्धता जनाउनको लागि नयाँ लागोले सहयोग गर्ने विश्वास ब्यक्त गरे । ।

उनले नयाँ लोगोको प्रवद्र्धनले बैैकको छविलाई अझ उच्च बनाउन मद्दत गर्ने तथा बैंकले पनि आफ्नो सेवा सुविधालाई अझ चुस्तदुरुस्त बनाउने बताए ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक संचालक समितिका सदस्यहरु, प्रमूख कार्यकारी अधिकृत लगायत बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री