शुक्रबार, १६ चैत २०८०

कलेजो प्रत्यारोपणको लागि अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालन

समयपोष्ट २०७३ फागुन ६ गते १४:०९

सरकार मातहत रहेको भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणको लागि नेपालमै पहिलो पटक युरोपियन स्तरीय अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ ।
 पोल्याण्ड तथा जर्मनीबाट ल्याइएको उक्त मोडुलर अपरेशन थिएटर छ करोड लगानीमा सरकारले नेपालमा भित्र्याएको हो । केन्द्रले कलेजो , फोक्सो प्रत्यारोपणको लागि छुट्टै अत्याधुनिक अपरेशन थिएटरको आवस्यकता रहेको भन्दै युरोििपएन स्तरको मोडुलर थिएटर सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
 उक्त मोडुलर अपरेशन थिएटरको स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गरे । अस्पतालको सेवा विस्तार गर्ने क्रममा दुईवटा अत्याधुनिक मोडुलर अपरेसन थियटर सञ्चालनमा ल्याएको जानकारी दिदै केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उक्त थिएटर कुनै पनि संक्रमणमुक्त रहने बताए । मोडुलर अपरेशन थिएटरमा अत्याधुनिक सुविधाहरु समेत हुन्छ, केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले भने,“कलेजो, फोक्सो प्रत्यारोपणको लागि मोडुलर थिएटर अत्यावस्यक रहेको छ ।” 
गत मंसिर २२ गते मात्र कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले कलेजो प्रत्यारोपणकासाथै जटिल शल्यक्रियालाई थप सहज बनाउन मोडुलर ओटी स्थापना गरेको हो ।

Advertisement

कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अत्याधुनिक साधन सहितकको यस ओटी सञ्चालनमा आएपछि कलेजो प्रत्यारोपणका लागि केन्द्र आत्मनिर्भर भएकोे बताए । हामी निरन्तर कलेजो प्रत्यारोपणको तयारीमा जुटिरहेका छौं कार्यकारी निर्देशक डा. श्रेष्ठले थपे,“कलेजो प्रत्यारोपणका लागि मोडुलर अपरेशन थिएटर अत्यावस्यक हुन्छ ।”
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री