शनिबार, १५ वैशाख २०८१

नेकोको शतप्रतिशत हकप्रद आजबाट खुल्यो

समयपोष्ट २०७३ फागुन ३ गते ७:०७

नेको इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयरको लागि मंगलबारबाट आवेदन खुल्ला गरेको छ । कम्पनीले १ सय रुपैंया अंकित दरमा १:१ को अनुपातमा ३२ लाख ४० हजार ४ सय ३६ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा पुस १३ गतेसम्ममा कायम सेयरधनीले फागुन ३ देखि चैत ७ गतेसम्म हकप्रदमा आवेदन गर्न सक्नेछन । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको सेयरधनीले एनएमबि क्यापिटल नागपोखरी, नक्साल तथा एनएमबि बैंकका कलंकी, सूर्य्विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपाबाट हकप्रदको आवेदन दिन सक्नेछन् ।  त्यस्तै उपत्यका बाहिर एनएमबि बैंकको आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सुर्खेतरोड नेपालगन्ज, रंगेलीरोड बिराटनगर, महेन्द्रपथ धरान र बिर्तामोड झापाबाट पनि हकप्रदको आवेदन दिन सक्नेछन् ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री