शुक्रबार, १६ चैत २०८०

फ्रि भिसा फ्रि टिकटको व्यवस्था कार्यान्वयन नगरे अव मेनपावर व्यवसायीहरुलाई कारबाही हुने

समयपोष्ट २०७३ फागुन १ गते १३:३३

वैदेशिक रोजगारको क्षेत्रमा बिकृति फैलिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताइएको छ । नेपालबाट सुखद भविष्यको लागि वैदेशिक रोजगारमा जाने तर विदेशबाट विभिन्न बहानामा नेपालमै फर्कनुपरेको भन्दै यसलाई रोक्न नसके बिकृति झन मौलाउनेतर्फ पनि सचेत गराइएको छ । 
स्वास्थ्य व्यवसायी महासंघको ११ औं वार्षिकोत्सवको अवसरमा श्रम तथा रोजगार राज्य मन्त्री दिलीप खवास गच्छादारले वैदेशिक रोजगार क्षेत्रमा विक्रिति बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । 
सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरीसकेको अवस्थामा पनि व्यवसायीहरुले अटेर गरीरहेको बताए । मन्त्री खवासले सरकारले लागू गरेको नियम सबैलाई लाग्ने भन्दै मेनपावर व्यवसायीहरुले त्यसलाई कार्यान्वयन नगरे कारबाही हुने बताए । नेपालबाट स्वास्थय परिक्षण गरेर विदेश जाँदा फिट हुने तर विदेशमा गएर स्वास्थ्य परिक्षण गर्दा धेरै नेपालीहरु अनफिट हुनुपरेको भन्दै उनले त्यसलाई रोक्न गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पनि स्वास्थ्य व्यवसायीहरुलाई आग्रह गरे । नेपालमा राजनीतिक स्थिर हुन नसक्दा देशमा विकास हुन नसकेको भन्दै उनले देश विकासको लागि राजनीतिक स्थिरता आवस्यक परेको बताए । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनालीले वैदेशिक रोजगारको क्रममा केही नकारात्मक पक्ष रहेको भन्दै त्यसलाई रोक्न सबै क्षेत्रको आवस्यकता रहेको बताए । उनले श्रम मन्त्रालयमा वैदेशिक रोजगारका धेरै समस्या थुप्रिरहेको भन्दै ती सम्र्पूण विषयको समाधान मन्त्रालयले मात्र गर्न नसक्ने स्पष्ट पारे । उनले वैदेशिक रोजगारलाई सुधार गर्न अनलाइनबाट फारम भर्ने व्यवस्था गरेको बताए । 
नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले महासंघ सधै सरकारसंग समन्वय गरेर अघि बढ्न चाहेको बताए । उनले स्वास्थ्य व्यवसायलाई मर्यादित , व्यवस्थित र गुणस्तरीय बनाउन महासंघ लागिपर्ने जानकारी पनि दिए । वैदेशिक रोजगार प्रर्वदन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारको लागि जाने कामदारलाई स्वास्थ्य मरामर्श पनि दिनुपर्ने बताए । उनले नेपालबाट कमाउने आशामा जाने कतिपय कामदार राज्य र परिवारको बोझको रुपमा फर्कनुपरेको भन्दै यो दुखद अवस्था अन्त्य गर्नु तत्कालको आवस्यकता हो भने । स्वास्थ्य व्यवसायी महासंघका महासचिव जिवन कुमार केसीले आम उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गरेर महासंघ अघि बढीरहेको बताए । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री