शनिबार, १५ वैशाख २०८१

माछापुच्छ्रे बैंकको गाःबहाल शाखा कुमारीपाटीमा स्थानान्तरण 

समयपोष्ट २०७३ फागुन १ गते १३:११

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो  पाटन (गाःबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले आइतबार उक्त शाखाको उदघाटन गरे । 
संचालनमा आएको यस नयाँ शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ । 
चार अर्व ६६ करोड ६४ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल पौष मसान्तसम्म ५८ अर्व २४ करोड निक्षेप परिचालन गरी ५१ अर्व ८५ करोड कर्जा प्रवाह गरेको छ, भने सो अबधिमा  ८४ करोड ९१ लाख संचालन मुनाफा गरेको छ  भने यसै अवधीमा बैकले ५७ करोड ५३ लाख खुद मुनाफा गरेको छ ।
यस बैकले दैनिक बैकिङ्ग कारोव।र संचालन गर्न प्रयोग गरेको  बैकिङ सफ्वयर,ग्लोवस बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् । 
बैकले पुर्वमा बिर्तामोड देखि पश्चिममा धनगढी र हिमाल देखि तराईसम्म आफना शाखाहरु स्थापना गरी ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । हाल यस बैंकले ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री