शनिबार, ८ वैशाख २०८१

एनसेलले ल्यायो ‘एनसेल एप मार्केट’१५ रुपैयाँमा एप्स र गेम्स डाउनलोड गर्न सकिने

समयपोष्ट २०७३ माघ २७ गते ६:१६

ओपेरासँगको सहकार्यमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘एनसेल एप मार्केट’ ल्याएको छ । यसमा ग्राहकले कर सहित १५ रुपैयाँमा हप्ताभरी चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्नेछन् । 

Advertisement

विहिबारबाट पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलो पटक संचालनमा आउने यो एप मार्केट अथवा स्टोरले ग्राहकलाई सजिलैसँग पेड एप्स उपलब्ध गराउने छ । यो एप मार्केट ओपेरा मिनी क्लबको को–ब्राण्ड सर्भिस हो । जुन फिचर स्मार्टफोन प्रयोगकर्ताका लागि उत्कृष्ट एप्स र गेम्स पाईने विश्वकै तेस्रो ठूलो एप्लिकेसन स्टोरको रुपमा चिनिन्छ ।

शिक्षा, व्यापार तथा व्यवसाय, मनोरञ्जन, संचार, मल्टिमिडिया लगायत अरु विविध विधाका तीन लाख भन्दा बढि एप्स एनसेल एप मार्केटमा उपलब्ध छन् । भुक्तानीमा असहजता लगायत विविध कारणले गर्दा नेपाली ग्राहकको पेड एप्समा पहुँच कठिन रहेको विद्यमान अवस्थामा यस एप मार्केटले ग्राहकलाई विभिन्न उपयोगी प्रिमियम एप्समा सजिलै पहुँच सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । 

पेड एप्सको फाईदा लिनका लागि ग्राहकले apps.ncell.axiata.com मा गई  सेवा लिन सक्छन् । त्यसैगरी A टाइप गरी १७११० मा एसएमएस पठाएर प्रत्येक हप्ता स्वतः नविकरण हुने साप्ताहिक सेवा लिन सक्नेछन् । 

यदि ग्राहकले एक हप्ताको लागि मात्र  सेवा लिन चाहेमा A र 1 टाइप गरी १७११० मा एसएमएस पठाएर  सेवा लिन सक्नेछन् । यो सेवा सुचारु गरेपछि लाग्ने शुल्क प्रिपेड ग्राहकका हकमा  मेन ब्यालेन्सबाट काटिने छ भने पोष्टपेड ग्राहकका हकमा उनीहरुको मासिक बिलमा समावेश हुनेछ । एप र गेम डाउनलोड गर्दा नियमित डाटा प्याक वा शुल्क खपत हुनेछ ।

ओपेराले एनसेलको प्रतिनिधित्व गर्दै एप मार्केटको संचालन र प्रशासनिक काम हेर्नेछ। यसले विश्व बजारमा आएका र एप डेभलपरहरुले अपलोड गरेका नयाँ–नयाँ आकर्षक एप्स राखी स्टोरलाई निरन्तर अपडेट गरिरहने छ । 

 


 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री