शुक्रबार, १४ वैशाख २०८१

सेञ्चुरी बैंकको बढ्यो मुनाफा

समयपोष्ट २०७३ माघ २६ गते ५:३४

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा बढाएको छ । बैंकले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार बैंकले संचालन मुनाफा  ३२ करोड ७४ लाख रुपैयाँ तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ  गरेकोे छ ।  गत वर्षको तुलनामा बैंकको खुद मुनाफा ३९.३० प्रतिशत बढी हो भने प्रथम त्रैमासभन्दा २०१.५० प्रतिशतले बढि हो । बैंकको चुक्तापूँजी चालु आवको दोस्रो त्रैमासमा ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा २४ अर्ब ८ करोड निक्षेप संकलन गरी २० अर्ब ८४ करोड कर्जा प्रवाह गरेको बैंकले जगेडा कोषमा ८३ करोड ५९ लाख रुपैयाँ राखेको छ । बैंकले ३२ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकको प्रति शेयर आम्दानी १२ रुपैयाँ १४ पैसा, प्रति शेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६६ पैसा तथा मूल्य आम्दानी अनुपात २७.५१ गुणा कायम भएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री