शुक्रबार, १४ वैशाख २०८१

सूनचाँदीमा भएको कालोबजारी अन्त्य नगरे आमरण अनशन बस्ने चेतावनी

समयपोष्ट २०७३ माघ २१ गते ११:२८

सुन चाँदी व्यवसाय पीडित संघर्ष समितिले सुनमा भएको कालोबजारी अन्त्यका लागि सरकारसामु पाँचबुँदे माघ अघि सारेको छ। 
शुक्रबार रिपोर्टर्स क्लब नेपालमासंघर्ष समितिले पत्रकार सम्मेलन गरेर सुन चाँदीमा देखिएको कालो बजारीलाई जेल चलान गर्नुपर्ने, राज्यद्धारा आवश्यक सुन वितरण गर्नुपर्ने, वैज्ञानिक गहना निर्देशिका लागु गनुुपर्र्ने लगायतका ५ बुँदे माग अघि सारेको हो। 
संघर्ष समितिका अध्यक्ष हरिशंकर सर्राफले सुनचाँदी व्यवसायिले महिनामा ५० ग्राम सुन लिएर बर्षमा २० लाख कारोबार गरेको भनेर कर तिर्नु परेको गुनासो पोखेका छन््। 
उनले भने,‘आगामी १० दिनभित्र सुनमा भएको कालो बजारीको अन्त्यको लागि सरकारले प्रभावकारी कदम चाल्न सकेन भने मेरोे पेशाको लागि जीवन दिन तयार छु, घरजग्गा बेचेर सुरु गरेको व्यवसाय धरापमा पार्ने काम कालो बजारीले गरेका छन्, यीनलाई कारबाही र व्यवसायिलाई सहज आपुर्तिको वातावरण सिर्जना गर्नुपर्छ, यदि यसो नगरे म आमरण अनसनमा बस्छु।’
आपुर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बजारमा चलेका सुनचाँदी व्यवसायि महासंघका मानिसले नै कालो बजारी गरेको भन्ने खबर आफुले पहिलो पटक सुनेको बताए। निर्देशक श्रेष्ठले भने,‘पिडीतका मागहरू सम्बोधनका लागि म सरकारसँग छलफल गर्छु, संघर्ष समितिले जुन अल्टिमेटम दिएको छ, माग अघि सारेको छ, यसमा म गम्भिर छु, जहाँसम्म अनसन बस्नु नपर्ला।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले संसारमा २४ क्यारेटको गहना नबन्ने दावि गरेका छन्।
अध्यक्ष महर्जनले भने,‘संसारमा २४ क्यारेटको गहना कहीँ कतै बन्दैन् तर नेपालमा खुलमखुल्ला रुपमा २४ क्यारेटको बिल बनाएर पठाउने गरिन्छ, यो सोझै बेईमानी हो, पटक–पटक सरकारले व्यवसायीहरूलाई मौका दिँदा पनि व्यवसायीभित्रका विभिन्न संगठनका कारण सरकारको निर्देशन विफल भएको छ, यही कारणले अनसन बस्नुपर्ने भएको छ, व्यवसायिका माग र अनेक प्रकारका अहसजताले सरकारलाई निर्देशिका बनाउने काममा अलमल पारेको छ।’
त्यस्तै सुन चाँदी व्यवसाय पिडीत संघर्ष समितीका सदस्य सुसन सर्जन रामदामले नेपाल सुनचाँदी व्यवसायि महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले व्यवसायिहरूलाई वितरण गर्दै आएको सुन चाँदि पारदर्शी रुपमा वितरण गर्नुपर्ने माग गरे। 
उनले भने,‘कालो बजारीको अन्त्य नगरी व्यवसायिको भविष्य जोगाउन महासंघ गैर जिम्मेबार भएर बसेको छ, सुन नपाएर व्यवसायिहरू आमरण अनसनमा बस्नु दुखको कुरा हो।’

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री