शुक्रबार, १४ वैशाख २०८१

हिमालयन बैंकले बढायो नाफा

समयपोष्ट २०७३ माघ २१ गते ६:०६

हिमालयन बैंक लिमिटेडले  चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा बैंकले ८० करोड २२ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले कर्जा विस्तार गरेर ब्याज आम्दानी वढाएकाले नाफामा उल्लेख्य सुधार देखिएको हो । बैंकले १ खर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले ५९ अर्बको कर्जालाई साढे ७५ अर्ब रुपैयाँ पुर्याएको छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री