सुरु भयो सार्क कार्यक्रम समितिको बैठक
समयपोष्ट
२०७३ माघ १९ गते ६:३४
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको बैठक काठमाडाैंमा सुरु भएको छ । सार्क अध्यक्षका नाताले नेपालले समितिको ५३औँ बैठक आयोजना गरेको हो । परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले बैठकको नेतृत्व गरेका छन् । सार्क सचिवालयको सक्रियतामा भएको सो बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्र, विदेश तथा बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिएका छन् । बैठकमा गएको चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेट लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया