सुन र चाँदी दुवैको मूल्य बढ्यो

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

Advertisement

बिहीबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको बजारमा सुन प्रतीतोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँले कारोबार भईरहेको छ ।

बुधबारको बजार चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री