सानिमा जिआईसी इन्स्योरेन्सको बीमाशुल्क १४.६० प्रतिशतले वृद्धि

सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क १४.६० प्रतिशतले बढेको छ।

Advertisement

कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ९ करोड ५९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले १२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो।

चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १८ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको छ।

Advertisement

कम्पनीले यस अवधिसम्म २७ करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यसै अवधिसम्म कम्पनीले २८ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २.१० प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८.९२ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १२.१७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १४५.६१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री