आइतबार, २२ असार २०८२

आइएमई पेले ल्यायो युएईबाट बोटिम मार्फत पैसा पठाउँदा रु. ५०० सम्म बोनस पाउने अफर

समयपोष्ट २०८१ फागुन १५ गते १६:१६

Advertisement

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले युएईमा बस्ने नेपालीहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। “बोटिम” एप मार्फत युएईबाट आइएमई पे एपमा रकम पठाउँदा रु. ५०० सम्म बोनस प्राप्त गर्न सकिने यो अफरले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई थप उत्साह प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

यो अफर फाल्गुन १५ गतेदेखि चैत्र १५ गतेसम्म लागू हुनेछ। अफरअन्तर्गत युएईबाट बोटिम एप प्रयोग गरी नेपालमा आइएमई पे एपमा न्यूनतम रु. १०,००० वा सोभन्दा बढी रकम पठाउनेमध्ये १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्नेछन्।

आइएमई पेले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो कमाइ सुरक्षित र छिटो तरिकाले नेपालमा परिवारसम्म पुर्याउन सहज सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार, यो साझेदारी र अफरले युएईमा रहेका नेपाली समुदायलाई थप सुविधा र प्रोत्साहन प्रदान गर्नेछ।

आइएमई पे, आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित नेपालको पहिलो मोबाइल वालेट सेवा हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ अनुसार सञ्चालित यो सेवा दूरसञ्चार सञ्जालमार्फत विद्युतीय भुक्तानी प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मार्फत प्रयोगकर्ताले आफैँले वा एजेन्टको सहयोगमा रकम ट्रान्सफर, मोबाइल रिचार्ज, बिल भुक्तानी, अनलाइन तथा स्टोरमा स्क्यान गरी भुक्तानीलगायतका सुविधा उपभोग गर्न सक्छन्।

Advertisement

यसका साथै, आइएमई पेले ब्याज र विभिन्न क्यासब्याक सुविधा पनि प्रदान गर्दै आएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको यो प्लेटफर्मले बैंकिङ सुविधाबाट वञ्चित नेपालीहरूलाई वित्तीय पहुँच पुर्याएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

यो अफरले विदेशमा बसेर कडा मेहनत गर्ने नेपालीहरूलाई आफ्नो कमाइ परिवारसम्म पुर्याउन थप प्रेरणा र सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री