नेपाल लाइफद्वारा ‘छुट्ला है, छुट’ योजना सार्वजनिक: विलम्ब शुल्कमा ५०% छुट
नेपालको सबैभन्दा विश्वासिलो जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “छुट्ला है, छुट” नामक नयाँ योजना सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत कम्पनीका बीमितहरूले नविकरण गर्नुपर्ने बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा बढी समय व्यतित भएका बीमालेखहरूलाई २०८१ मंसिर १५ गतेदेखि २०८२ जेठ १३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरेर सुचारु गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले आफ्नो २५ औं वर्षमा प्रवेश गरेको अवसरमा यो आकर्षक योजना ल्याइएको बताउनुभयो। उहाँले बीमितहरूको हितलाई ध्यानमा राखेर यो विशेष योजना एक पटकका लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरूलाई समयमै नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुटको फाइदा लिन बीमितहरूलाई आग्रह गर्नुभएको छ।
साथै, उहाँले बीमालेखलाई निरन्तरता दिई जोखिम हस्तान्तरण गरेर ढुक्कसँग जीवन जिउन पनि सबैलाई अनुरोध गर्नुभयो।
प्रतिक्रिया