मंगलबार, ६ साउन २०८२

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

समयपोष्ट २०८१ फागुन १३ गते ६:२४

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणमा ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सोमबार नै प्राधिकरणको अध्यक्ष छनोटमा लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेर पठाएको थियो । त्यसरी सिफारिस हुनेहरुमा नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए ।

नवनियुक्त अध्यक्ष ओझा पत्रकारिता तथा अध्यापन पेशामा संलग्न थिए । यसअघि १२ जनाको नाम सिफारिस भएकोमा मन्त्रिपरिषद्मा पठाइएका बाहेक चिरञ्जीवी चापागाइँ र कमल रेग्मीको नाम सिफारिस गरिएको थियो ।

यी बाहेक डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए । नयाँ अध्यक्ष नियुक्त भएसँगै बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल स्वतः सञ्चाललको हैसियतमा पुगेका छन् । उनलाई अध्यक्ष नियुक्ति नभएसम्मका लागि काम गर्नेगरी जिम्मेवारी दिएर पठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री