नेप्से २७०० विन्दुभन्दा माथि, ६ कम्पनी सकारात्मक सर्किटमा

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। नेप्से २९.८७ अंकले उकालो लाग्दै २७२७.९१ विन्दुमा पुगेर बन्द भएको छ। नेप्से सात दिनपछि पुनः २७०० विन्दुभन्दा माथि पुगेको हो। यसअघि, गत माघ २३ गते मात्र नेप्से २७०० विन्दुभन्दा माथि बन्द भएको थियो।

Advertisement

सेन्सेटिभ इन्डेक्स ६.२८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.३५ अंकले उकालो लागेको छ। त्यसैगरी, सेन्सेटिभ फ्लोट इन्डेक्स २.१७ अंकले वृद्धि भएको छ।

सोमबार शेयर कारोबार रकम समेत उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन आइतबार ९ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ४ करोड ९६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। कुल ३०२ स्टकको १ लाख २ हजार ८६१ पटकको कारोबारमा १ करोड ८० लाख ८१ हजार कित्ता शेयर किनबेच भएका छन्।

यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ती कम्पनीहरूमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर छन्। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई मूल्य र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य करिब ९.५ प्रतिशतले बढेको छ। भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। यसको ३२ करोड ६४ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो। त्यस्तै, सिईडिबी होल्डिङ्स को करिब २७.५ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट को करिब २६.५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Advertisement

सोमबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढ्दा ३ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूह सर्वाधिक २.४७ प्रतिशतले बढ्यो। लघुवित्त, होटल तथा पर्यटन, बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले उकालो लाग्यो। निर्जीवन बीमा उपसमूह १ प्रतिशतभन्दा बढीले बढेको छ। व्यापार उपसमूह भने १.२७ प्रतिशतले घटेको छ।

साताको दोस्रो दिन पुग्दै नेप्से २७०० विन्दुभन्दा माथि २७२७.९१ विन्दुमा बन्द भएको छ। कारोबार रकम १० अर्ब नाघेको छ भने ६ कम्पनी सकारात्मक सर्किटमा गएका छन्। अधिकांश उपसमूह हरियाली देखिए पनि व्यापार उपसमूह ओरालो लागेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री