शनिबार, ८ कार्तिक २०८२

नेपाल लाइफको २५औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

समयपोष्ट २०८१ माघ २९ गते १०:४२

Advertisement

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सोमवार होटल भिष्वा, बीरगंजमा सम्पन्न भएको छ।

साधारण सभामा सञ्चालक समितिका अध्यक्षले आ.व. २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई छलफलपछि पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू, जसमध्ये वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरियो। आ.व. २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि सभाले पारित गरेको छ।

सभाले २०८०/८१ को वितरण योग्य मुनाफाबाट २१.०५% लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा १०% बोनस शेयर र ११.०५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको करसहित) रहेको छ। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

Advertisement

अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको व्यवसायिक हिस्सालाई थप मजबुत बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, प्रविधिको प्रयोग, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम, अनुसन्धान, तथा नयाँ बजारीकरण रणनीति अपनाइने बताए। साथै, कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अनुसरण गरिरहेको र डिजिटल रूपान्तरणको लागि तयारी गरिरहेको जानकारी गराए।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०८०/८१ का चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै कम्पनीले हासिल गरेको व्यावसायिक उपलब्धिहरू र भावी योजनाबारे जानकारी गराए। उनले वैशाख २१ गते कम्पनीले २५औँ वर्षगाँठ मनाउने तयारी गरिरहेको र यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताए। आर्थिक चुनौतीका बाबजुद लाभांश वितरण गर्न पाउँदा गर्व महसुस भएको उनले उल्लेख गरे।

कम्पनीले लगानी विविधिकरणलाई प्राथमिकता दिँदै विभिन्न शहरहरूमा जग्गा खरिद गरिसकेको र भवन निर्माण प्रक्रियालाई तीव्रता दिने योजना बनाएको छ। २०८१ असोज मसान्तसम्म कम्पनीको कुल लगानी रु. २१५ अर्ब पुगेको, जीवन बीमाकोष रु. २०८ अर्ब र शेयरधनी कोष रु. १२ अर्बभन्दा बढी रहेको जानकारी गराइयो।

हाल कम्पनीले देशभर १९५ शाखा कार्यालयमार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको छ। हालसम्म रु. २८८ अर्ब बीमाशुल्क आर्जन गरिसकेको कम्पनीले रु. ८४ अर्ब बीमा दाबी भुक्तानी गरिसकेको छ। ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले थप सेवा तथा सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री