शनिबार, ३ जेठ २०८२

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त

समयपोष्ट २०८१ माघ २४ गते १२:३७

Advertisement

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकको पदमा सुशीलदेव सुवेदी नियुक्त भएका छन्। पदपूर्ति समितिको बुधबारको निर्णय अनुसार, सुवेदी कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका हुन्।

सुवेदी, जो हाल प्राधिकरणको सुपरिवेक्षण महाशाखा प्रमुखका रूपमा कार्यरत छन्, कार्यक्षमता र जेष्ठताका आधारमा यस पदमा बढुवा सिफारिस भएका थिए।

पदपूर्ति समितिको सिफारिस अनुसार, सुवेदीलाई सूचना प्रकाशित भइ कार्यालय खुलेपछि औपचारिक नियुक्ती पत्र प्राप्त हुनेछ र त्यसपछि उनले पदभार ग्रहण गर्नेछन्।

यस प्रक्रियामा, सुवेदीसँगै कमराज रेग्मी र पुजन ढुंगेल पनि कार्यकारी निर्देशकको पदका लागि प्रतिस्पर्धामा थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री