शनिबार, ३ जेठ २०८२

सन नेपाल लाइफद्वारा राष्ट्रिय स्तरको AML/CFT अभिमुखिकरण कार्यक्रम सम्पन्न

समयपोष्ट २०८१ माघ २० गते २०:५६


सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

उक्त कार्यक्रम माघ १८ गते काठमाडौंमा आयोजना गरिएको थियो । जसमा २०० भन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (CEO) राज कुमार अर्यालले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू, र व्यवसायिक नैतिकता सम्बन्धी मार्गदर्शन प्रदान गर्नुभएको थियो। साथै, उहाँले सम्पत्ती शुद्धीकरण (AML) तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (CFT) सम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू, तथा बीमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभएको थियो।

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सम्पूर्ण अभिकर्ता तथा शाखा व्यवस्थापकहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास, तथा नियम–कानुनको पालना गर्ने संस्कार विकास गर्ने प्रतिबद्धता जनाएको छ। बीमा व्यवसायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनका लागि यस्ता अभिमुखिकरण कार्यक्रमहरू आवश्यक छन् भन्ने संस्थाको विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री