शुक्रबार, २१ वैशाख २०८१

झिनो अंकले बढ्यो शेयर बजार

समयपोष्ट २०८० फागुन १६ गते १५:३०

Advertisement

शेयर बजार झिनो अंकले बढेको छ । लगातार २ दिन बढेको नेप्से परिसूचक आज ०.८७ अंक घटेर २०००.७७ विन्दुमा झरेको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०८ स्टकको ४१ हजार ६७९ पटकको कारोबारमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको ५१ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १२ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने बोटलर्स नेपाल (तराई) को कारोबार रकम ७ करोड नाघेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री