शुक्रबार, २१ वैशाख २०८१

आज पनि बढ्यो नेप्से

समयपोष्ट २०८० फागुन १५ गते १५:५८

Advertisement

आज पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ९.३४ अंक बढेर २००१.६४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।

आज ३०८ स्टकको ४० हजार ८६८ पटकको कारोबारमा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको ५२ लाख ३३ हजार कित्ता शेयर कारोबार भएको छ।

आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पछिल्ला दिनहरुमा दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बलाजु) र सोमबार करिब ९ प्रतिशत घटेको बिपिडब्लु लघुवित्तको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.०६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री