शुक्रबार, २१ वैशाख २०८१

गरिमा क्यापिटल ल्यायो “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना

समयपोष्ट २०८० फागुन १० गते १९:४३


“हरेक नेपाली शेयरधनी” भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ ।

Advertisement

यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।

ग्राहकवर्गहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ र मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने छन् । यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री