आइतबार, २३ वैशाख २०८१

कुमारी सबल योजनामा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने

समयपोष्ट २०८० फागुन ३ गते १०:५६

Advertisement

कुमारी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ ।

माघ २८ गतेदेखि बिक्री खुला गरेको कुमारी सबल योजनामा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको छ । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याइएको छ ।

क्यापिटलको उक्त फण्डमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पर्याप्त आवेदन परेन भने फागुन १३ गतेसम्म आवेदन समय लम्बिनेछ । लगानीकर्ताहरूले फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन सक्ने छन् । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री