सूचीकृत कम्पनीमा विदेशी लगानी स्वीकृत गर्नु नपर्ने

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको हो । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधनमार्फत राष्ट्र बैङ्कले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।

Advertisement

साथै राष्ट्र बैङ्कले नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगको विदेशी लागानीमा पनि राष्ट्र बैङ्कको स्वीकृति नचाहिने जनाएको छ । संशोधित विनियमावलीका अनुसार धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा सेयर स्वामित्व परिवर्तन भए पनि राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ ।

यस्तै विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृतिपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व लिखित जानकारी दिनुपर्ने संशोधित नियमावलीमा उल्लेख छ ।

सूचीकृत कम्पनीमा हुने लगानीमा मात्रै नभएर औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगमा विदेशी लगानी ल्याउन पनि राष्ट्र बैङ्कको स्वीकृति नचाहिने भएको छ भने कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानीमा समेत राष्ट्र बैङ्कको स्वीकृति नचाहिने भएको छ ।आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री