हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न
हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. ले आज राजधानीमा तीसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरु, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले साधारण सभामा शेयरधनी महानुभावहरुले राख्नुभएको जिज्ञासा तथा सुझावहरुको जवाफ दिनु भएको थियो । मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति अभार प्रकट गरिएको थियो ।
प्रतिक्रिया