आइतबार, २३ वैशाख २०८१

एशियन हाइड्रोको आइपिओ बाँडफाँट : ६९ हजार ७२० जनाले पाए शेयर

समयपोष्ट २०७९ फागुन १४ गते ११:०८

Advertisement

एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान शेयर बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपियोमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको र १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको छ । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री