आइतबार, ६ जेठ २०८१

कृषि विकास बैंक कर्मचारी संगठनको अध्यक्षमा इन्द्रमणी घिमिरे निर्वाचित

समयपोष्ट २०७९ फागुन १३ गते १८:४८

Advertisement

कृषि विकास बैंक कर्मचारी संगठन नेपालको प्रथम महाधिवेशनबाट बैंकर इन्द्रमणी घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

संगठनको आज सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा घिमिरे निर्वाचित भएका हुन् ।

संगठनको वरिष्ठ उपाध्यक्षमा किरण फुयाल, पाँच उपाध्यक्ष क्रमश: गिता नेपाल शर्मा, देवीकला शर्मा, जितेन्द्र बहादुर घर्ती, संजिव कुमार यादव र प्रेम प्रसाद भुषाल निर्वाचित भएका छन् ।

Advertisement

यस्तै महासचिवमा राजु भट्टराई, उप महासचिवमा दिपक कुमार शाही निर्वाचित भएका छन् भने सचिवमा सुरेश पोखेल, भुवन ज्ञवाली, होमनाथ वास्कोटा, सुरेन्द्र बहादुर सापकोटा र कोषाध्यक्षमा शान्ति प्रसाद रिजाल निर्वाचित भएका छन् ।

महाधिवेशनबाट सचिवायलय सदस्यहरुमा राजेन्द्र विष्ट, सरोज कुमार गन्धर्व,विष्णु प्रसाद अर्याल,राजेन्द्र कोइराला, यामराज जम्वर कट्टेल, शसिकला शाह र इन्दु दाहाल चयन भएका छन् ।

महाधिवेशनले १ जना पछि मनोनित गर्नेगरी ४३ जना केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । महाधिवेशनको उद्घाटन शुक्रबार माओवादी केन्द्रकी  उपाध्यक्ष पम्फा भुसालले गरेकी थिईन ।


प्रतिक्रिया

सम्बन्धित सामाग्री