आइतबार, ६ जेठ २०८१

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

समयपोष्ट २०७९ फागुन १२ गते १८:५४

Advertisement

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैंक लिमिटेड” को नामबाट आज देखि एकिकृत कारोबार शुभारम्भ गरेको छ ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो ।

उहाँले प्राप्ति बैंकलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सगैं अगाडि बढ्नका लागि भएको बताउनु भयो ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको अधिकृत पूँजी रु २६ अर्ब, चुक्ता तथा जारी पूँजी २१.६५ अर्ब, कूल पूँजी ३४ अर्ब र कूल सम्पत्ति ३३४ अर्ब रहने छ भने बैंकको कूल निक्षेप २७४ अर्ब र कूल कर्जा २५० अर्ब रहने छ ।

Advertisement

यसैगरी आजबाट बैंकले हर्षोल्लासका साथ नेपाल भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएम बुथहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

विशेष समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष श्रेष्ठले देशविकासको आर्थिक अवस्था एवं प्राप्ति पछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानी योग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर विकास, दिगोपन र सशक्तताका लागि हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको बताउनुभयो ।

त्यसैगरी सिभिल बैंक लिमिटेडका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउनका लागि भएको बताउनुभयो । समारोहमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अब हिमालयन बैंक देश कै एउटा उत्कृष्ट, सबल तथा ठूलो संस्था बनेकोे बताउनुभयो । उहाँले आगामी दिनहरुमा बंैक आफ्ना शेयरधनीहरुलाई उच्चतम प्रतिफल दिन र ग्राहकवर्गलाई समय सापेक्ष नवीन प्रबिधियुक्त सेवा सुबिधा प्रदान गर्नका लागि केन्द्रित हुने बताउनु भयो ।

कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक बैंक उज्वल राजभण्डारीले यस प्राप्ति प्रक्रियामा साथ र सहयोग पु¥याउनु हुने सम्पूर्ण संघ–संस्थलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बंैकको संचालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै संचालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा प्रचण्ड बहादुर श्रेष्ठ नै रहनु भएको छ । त्यसै गरी बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा रहनु भएको छ । प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय कमलादी स्थित हालको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थानमा नै रहेको छ । हिमालयन बैंकलिमिटेडले सिभिल बैंक लिमिटेडलाई १ः०.८०२८ शेयर आदान प्रदान अनुपातमा प्राप्ति गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री