आइतबार, ६ जेठ २०८१

राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ निष्काशन गर्ने, ब्याजदर वार्षिक १२.५० प्रतिशत

rss २०७९ फागुन १२ गते १०:३४

Advertisement

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ निष्काशन गर्ने भएको छ ।

राष्ट्र बैंकले फागुन १४ गते देखि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ निष्काशन गर्ने भएको हो ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिने छ। यस बचतपत्र वार्षिक १२.५० प्रतिशत ब्याज प्राप्त हुने छ भने ब्याज आम्दानीमा कर लाग्ने छ। ब्याज भुक्तानी हरेक ६/६ महिनामा हुने छ ।

राष्ट्र बैंकले निष्काशन गर्न लागेको बचतपत्रमा इन्छुक तथा योग्य लगानीकर्ताले न्युनतम १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग जाने गरी ५० करोड सम्मको लागि चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री