सोमबार, २४ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट मेगाको प्रमुख कार्यकारी अधिकृतमा पुन: पाण्डे

समयपोष्ट २०७९ फागुन ३ गते २१:१३

Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरी अर्को कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै सीईओ पाण्डेले आगामी चार वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री