सोमबार, १७ वैशाख २०८१

शेयर बजारमा उच्च गिरावट

समयपोष्ट २०७९ माघ २९ गते १५:५३

Advertisement

नेप्से परिसुचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा झरेको छ।

यसदिन ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ।

यस दिन खप्तड लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा धेरै बढेको छ।

यता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै करिब ७ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा घटेको छ।

आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर, अपि पावर र अपर तामाकोशी हाइड्रोपावरको उच्च शेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री