आइतबार, २३ वैशाख २०८१

मेन्छियाम हाईड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

समयपोष्ट २०७९ माघ २० गते १६:५७

Advertisement

मेन्छियाम हाईड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ १९ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हाे ।

कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणको लागि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले संखुवासभाको सिद्धकालीमा ७.७ मेगाबाटको अपर पिलुवा १ र ४.७२ मेगावाटको अपर पिलुवा खोला २ स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री