शुक्रबार, १६ चैत २०८०

सांसद अरुण चौधरी जेल चलान

समयपोष्ट २०७९ माघ २० गते १२:०८

Advertisement

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ ।

शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलालीलाई बुझाएपछि अदालतले सांसद चौधरीलाई कारागार चलान गरेको हो ।

फरार सूचीमा रहेका सांसद चौधरी बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो । फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो ।

चौधरी कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री