शनिबार, १५ वैशाख २०८१

लामिछानेको मुद्दा न्यायाधीश फुयालको बेन्चमा

समयपोष्ट २०७९ माघ २० गते ११:१७

Advertisement

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुँदै छ ।

लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ ।

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री