शुक्रबार, १४ वैशाख २०८१

रविको जवाफ : मेरो मौनता आजसम्मका लागिमात्र

समयपोष्ट २०७९ माघ १९ गते १४:५६

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् ।

रविले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको जिकिर गरेका छन् ।

सामाजिक सञ्जालमा रविले लेखेका छन्,‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।’

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ ।

नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारमा सोही पदमा फर्कन दौडधुप गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री