बुधबार, २६ वैशाख २०८१

पुर्वाञ्चल ल्यूव आयलले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

समयपोष्ट २०७९ माघ १९ गते ९:०२

Advertisement

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले आईपिओ निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । कम्पनीका अनुसार हाल नेपाल र ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी रहेका छन् ।

Advertisement

बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्युबरिकेन्टलाई प्रतिष्थापन गर्दे नेपालको हाल एक अग्रणी ल्युबरिकेन्ट कम्पनी बन्न सफल भएको र विभिन्न प्रकारका PLO ब्राण्डको ल्युबरिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री