बिहीबार, १३ वैशाख २०८१

कहिले बाँडफाँट हुँदैछ कालिञ्चोक दर्शनको आईपीओ ?

समयपोष्ट २०७९ माघ १८ गते ८:४१

Advertisement

कालिञ्चोक दर्शन लिमिटेडको आइपिओ बिहीबार बाँडफाँट हुने भएको छ ।

माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयरनिष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यलय नारायणचौर, नक्सालमा बिहीबार विहान ९ः३० बजे शेयर बाँडफाँट गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री