शनिबार, ५ जेठ २०८१

बहुप्रतिच्छित फोर्स गुर्खा जिपको बुकिङ्ग खुल्ला, के छन् विशेषता ?

समयपोष्ट २०७८ फागुन १३ गते १६:५२

Advertisement

बहुप्रतिच्छित फोर्स गुर्खा जिपको बुकिङ्ग खुल्ला भएको छ ।

भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको हो ।

भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको छ ।

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ । विशेषत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ ।

Advertisement

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक( अगाडी र पछाडी दुबै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको छ । साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्शक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्शक फिचर रहेका छन ।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले आकर्शक दृश्यको अवलोकन गर्न सकिन्छ । यस जिपको सुरुवाती मुल्य रु ७८,९९,०००.०० (अक्षरुपी अठहत्तर लाख उनान्सय हजार रुपैंया मात्र ) कायम गरेको छ । साथै यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री